PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पत्रकार मैनालीका १४ वर्षीय छोरा टिकाको दिनदेखि बेपत्ता



पहिलोपोस्ट

पत्रकार मैनालीका १४ वर्षीय छोरा टिकाको दिनदेखि बेपत्ता
प्रतिकात्मक तस्विर

काभ्रेपलाञ्चोकः पाँचखाल नगरपालिका ६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्। सम्राट बिहान ढङुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक ‍मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन्।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि शनिवार बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ।”रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell