PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

१४ वर्षअघि सामाखुसीमा हत्या गरी फरार हमाल पक्राउ



पहिलोपोस्ट

१४ वर्षअघि सामाखुसीमा हत्या गरी फरार हमाल पक्राउ
फाइल फोटो

काठमाडौः हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बागलुङ देविस्थान गाविस वडा नम्बर २ घर भएका ३७ वर्षीय हिक्मत हमाललाई पक्राउ गरेको हो। हमाललाई लुकीछिपी बसेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

हमालले २०६१ माघ ११ गते साँझ ८ बजे चितवन कठार गाविस वडा नम्बर ४ घर भई काठमाडौँ रानिबारी डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ। हमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell