PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दशैंमा नक्कली नोटको विगविगी, चावहिलमा २९ हजार रुपैयाँको नक्कली नोट सहित समातिए दुई युवक



पहिलोपोस्ट

दशैंमा नक्कली नोटको विगविगी, चावहिलमा २९ हजार रुपैयाँको नक्कली नोट सहित समातिए दुई युवक

काठमाडौँ : प्रहरीले नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रवार पक्राउ गरेको हो। उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ। 
उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २९ वटा नोट समेत बरामद गरेको हो। नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान गर्ने गर्छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले केहिदिन अघि मात्र १० हजारको नेपाली रुपैयाँको नक्कली नोटसहित ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुर बस्नेतलाई पक्राउ गरेको थियो। 

महाबौद्धमा दशैंको लागि लुगा किन्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। बस्नेतले लुगा किनेर दिएको रुपैयाँमा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेका थिए।  दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने  भएकोले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटी बताउँछन्।

परिसरको टोलीले गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। फिल्म निर्माता माधव वाग्लेले फिल्म प्रयोजनका लागि ती नोट छापेको दावी गरेका थिए। उनी पाटन उच्च अदालतबाट २५ लाख धरौटीमा छुटे पनि मुद्दा जारी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell