काठमाडौं: दशैँ पर्वले नेपाली कलाकारहरुलाई पनि मजाले छोयो। टीकाटालो गरे लगतै धेरै कलाकारले परिवार र आफन्तसँगको रमाइलो गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याए। त्यस्तै केहीले भने टीका लगाउन नपाउनुको दु:ख समेत सामाजिक सञ्जालबाट नै व्यक्त गरे। अभिनेत्री केकी अधिकारीले हजुरबुवाको निधनका कारण यो वर्ष टीका लगाइनन्। उनले हजुरबुवासँगको सेल्फी पोस्ट गर्दै उनको आशिर्वाद सधैं आफूसँग रहने लेखेकी छिन्।
हाँस्य कलाकार सिताराम कट्टेलले परिवार सहित टीका लगाएको तस्विर फेसबुकमा छायो। कलकार कट्टेलले बुवा बोगराज कट्टेल, आमा कमला कट्टेलको हातबाट टीका लगाएका थिए। नायक अनमोल केसीले पनि बुबा कलाकार भुवन केसीको हातबाट टीका लगाएको तस्वीर फेसबुकमा देखियो। नायिका प्रियंका कार्कीले आमाको हातबाट टीका थाप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा हालिन।
अन्य फिल्मकर्मीले भने पारिवारिक भेटघाट र टीका विशेष फोटोहरु राखे। तीमध्य केही यस्ता छन्:



कलाकार एवं समाजसेवीहरु सीताराम कट्टेल, कुञ्जना घिमिरे र परिवार



कलाकारहरु आयुष्मान देशराज र प्रियंका कार्की परिवारसँग
कलाकार रमेश बुढाथोकी
निर्देशक दीपेन्द्र के खनाल
कलाकार निर्मल शर्मा परिवारसँग

अभिनेत्री स्वेता खड्का

अभिनेत्री रेखा थापा
अभिनेताहरु भुवन केसी र अनमोल केसी


कलाकारहरु निखिल उप्रेती र सञ्चिता लुईंटेल छोरा र छोरीसँग

कलाकार एवं निर्देशक दीपाश्री निरौला परिवारसँग

कलाकारहरु आकाश अधिकार र आर्यन अधिकारी परिवारसँग
