काठमाडौं: पूर्व नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दाउन्नेस्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना भएको छ।
धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्वरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए। पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको एसपी थापाले बताए।
२७ जना घाइतेलाई पुरानो मेडिकल कलेज भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनायो। बसमा कति यात्रु सवार थिए खुल्न सकेको छैन।