PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

नक्कली नोट छाप्ने कारखानामा छापा, पाँच जना प्रहरीको फन्दामा



सविन ढकाल

नक्कली नोट छाप्ने कारखानामा छापा, पाँच जना प्रहरीको फन्दामा
फाइल फोटो

काठमाडौँ: प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति मच्छेगाँउबाट पक्राउ गरेको हो।  कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ।

प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट समेत बरामद गरेको छ। शुक्रवार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रवार पक्राउ गरेको थियो। उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले केहिदिन अघि मात्र १० हजारको नेपाली रुपैयाँको नक्कली नोटसहित ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुर बस्नेतलाई पक्राउ गरेको थियो। महाबौद्धमा दशैंको लागि लुगा किन्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। बस्नेतले लुगा किनेर दिएको रुपैयाँमा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेका थिए।  

दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने  भएकोले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटी बताउँछन्।

नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान गर्ने गर्छ। 

परिसरको टोलीले गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। फिल्म निर्माता माधव वाग्लेले फिल्म प्रयोजनका लागि ती नोट छापेको दावी गरेका थिए। उनी पाटन उच्च अदालतबाट २५ लाख धरौटीमा छुटे पनि मुद्दा जारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell