PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आयुष्मानको ‘बधाई हो’लाई दर्शकको साथ



पहिलोपोस्ट

 आयुष्मानको ‘बधाई हो’लाई दर्शकको साथ

बलिउड अभिनेता आयुष्मान खुरानाले फिल्म ‘विक्की डोनर’बाट डेब्यू गरेका थिए। पहिलो फिल्मबाट नै उनको अभिनयलाई दर्शकले रुचाइदिए। त्यसपछि उनले लगातार फिल्महरु गर्न थाले।

हालै उनी अभिनित फिल्म ‘बधाई हो’ प्रदर्शनमा आयो। यसअघि उनी अभिनित ‘अन्धाधुन’लाई समिक्षात्मक रुपले रुचाइएको थियो। तर उनको फिल्म करियरको टर्निङ पोइन्ट बन्यो फिल्म ‘दम लगाके हैसा’। फिल्मलाई व्यवसायिक र समिक्षात्मक रुपले रुचाइएको थियो। उनी अभिनित ‘बरेली कि बर्फी’, ‘मेरी प्यारी बिन्दु’, ‘सुभ मंगलम’लाई पनि दर्शकले रुचाए।

फिल्म ‘अन्धाधुन’ बलिउड बक्स अफिसमा सफल नै भयो। गायकसमेत रहेका आयुष्मानको ‘बधाई हो’लाई पनि दर्शकले रुचाएको कोइमोइमा उल्लेखित छ। उनको गायनसँगै अभिनयलाई दर्शकले रुचाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell