PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

मेनुकाको स्वर सुनेर भावुक बने ‘सारेगमप’का निर्णायक



पहिलोपोस्ट

मेनुकाको स्वर सुनेर भावुक बने ‘सारेगमप’का निर्णायक

काठमाडौं: भारतीय गायन सो ‘सारेगमप’को मेघा अडिसनका लागि नेपाली गायिका मेनुका पौडेल छनौट भएकी छिन्।

 यसअघि नेपालमा पहिलो पटक भएको ‘सारेगमप’को अडिसनमा उनी छनौटमा परेकी थिइन्। शनिबार प्रशारण भएको सोमा उनले लता मंगेशकरको ‘जाने क्या बात है’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर निर्णायहरु भावुक बने। निर्णायकहरुले उनको आवाजको प्रशंसा पनि गरेका थिए।  

निर्णायक शेखर रबजानी उनको गीत सुनेर रोएका थिए। उनले मेनुकाको जज गर्न आफ्नो औकात नरहेको बताए। सोका अन्य निर्णायक सोना मोहपत्रा र वाजिद खानले पनि उनको आवाजको प्रशंसा गरे।

 यसअघि नेपाल आइडलबाट नेपाली दर्शकको मन जित्न सफल मेनुकाले भारतीय दर्शक एवंम निर्णायकको मन जितेकी छिन्। सोका लागि आमासँगै उनी कोलकत्ता पुगेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell