PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

मोरङमा बस पल्टिँदा ३६ जना घाइते



पहिलोपोस्ट

मोरङमा बस पल्टिँदा ३६ जना घाइते
प्रतिकात्मक तस्विर

उर्लाबारीः मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा ३६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell