PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

श्रीमतीको हत्या गर्ने पक्राउ



पहिलोपोस्ट

श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुरः विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका८ का आइतराज परियार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए।

लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको प्रनाउ बस्नेतले जानकारी दिए।

अभियुक्त आइतराजले हत्या आफैँले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell