PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

रणवीर, दीपिकाको निम्तोपत्रमा प्रियंकाको जवाफ- ‘पिया कि आएगी बारात’



पहिलोपोस्ट

रणवीर, दीपिकाको निम्तोपत्रमा प्रियंकाको जवाफ- ‘पिया कि आएगी बारात’

अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह मिति घोषणा भएको छ। दीपिका र रणवीरले नै विवाह मिति सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जालमा कलाकारहरु उनीहरुलाई बधाई दिइरहेका छन्।

इन्स्टाग्राममा अभिनेत्री प्रियांका चोपडाले बधाई दिएकी छिन्। उनले बधाई दिँदै लेखेकी छिन् ‘तिमी हिरो बनेछौ।' उनले दीपिकाको रियल लाइफको हिरो बनेको रणवीरलाई बधाई दिएकी हुन्। उनले दीपिकाको पोस्टको रिप्लाई लेखेकी छिन् ‘पिया कि आएगी बारात’।

दीपिका र रणवीरले इन्स्टाग्राममा बिहेको दुई कार्ड सेयर गरेका छन्। नोभेम्बर १४ र १५ मा उनीहरुको विवाह हुनेछ। विवाह समारोह कहाँ हुँदैछ त्यो भने कार्डमा उल्लेख छैन। अहिले भारतीय मिडियामा उनीहरुको बिहे कार्डको चर्चा भइरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell