PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

टिपर दुर्घटनाः एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते



पहिलोपोस्ट

टिपर दुर्घटनाः एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते

मेलम्चीः जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा ४ ख ९०१७ नम्वर टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell