PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

खगेन्द्रले अस्वीकार गरेका थिए ‘जय भोले’ पात्रको अभिनय



पहिलोपोस्ट

खगेन्द्रले अस्वीकार गरेका थिए ‘जय भोले’ पात्रको अभिनय

काठमाडौं: खगेन्द्र लामिछानेको फिल्म यात्रा खासै लामो छैन। पाँच वर्ष बढी भयो उनी चलचित्र क्षेत्रमा देखिएका। तर उनले अभिनय थालेको धेरै भइसक्यो। थिएटरमा अभिनय गर्दै फिल्म क्षेत्रमा आएका उनी अभिनयकै कारण दर्शकमाँझ चिनिए। उनी फिल्म ‘पशुपति प्रसाद’बाट नोटिस भएका थिए। उनी अभिनति ‘टलकजंग भर्सेस टुल्के’लाई पनि दर्शकले रुचाएका थिए।

उनले खेलेका अधिकांश फिल्म आफैले लेखेका हु्न्। यसबारे भने ‘मलाई अरुले लेखेको फिल्म गर्न मन छ। मैले लेख्ने फिल्म पात्रमा आधारित हुन्छ।’ उनले अरुको स्क्रिप्टमा पनि काम गरेका छन्। उनले पछिल्लो समय ‘डमरुको डण्डबियो’ र ‘धनपति’मा अभिनय गरेका थिए।

अहिले उनी अभिनित फिल्म ‘जय भोले’ प्रदर्शनरत छ। फिल्म प्रदर्शन भएसँगै फिल्मका कत्ति कुरा बाहिरिएका छन्।  ‘जय भोले’ पात्रको अभिनय गर्न उनले पहिला अस्वीकार गरेका थिए।  उनले भने 'पछि कन्भिन्स भएँ।’

त्यस्तै निर्देशक अशोकले आफूलाई खगेन्द्रको अभिनय मनपरेकोले फिल्ममा लिएको बताए। उनलाई खगेन्द्रको अभिनय ‘पशुपतिप्रसाद’बाट मनपरेको हो।  खगेन्द्रले फिल्ममा पुरानो कलाकारसँग काम गर्दा सजिलो भएको बताए। उनी २०७६ सालमा नयाँ किताब बजारमा ल्याउने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell