PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

दीपिका र रणवीरपछि कपिलले गर्ने भए बिहे



पहिलोपोस्ट

दीपिका र रणवीरपछि कपिलले गर्ने भए बिहे

नोभेम्बर र डिसेम्बर बलिउडको  लागि विवाहको सिजन नै भएको छ। हालै अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४,१५ मा बिहे गर्ने निधो गरे। बलिउडमा उनीहरुका बिहेको चर्चा छ। 

त्यस्तै अभिनेत्री प्रियांका चोपडा र निक जोनस डिसेम्बरमा बिहे गर्ने तयारीमा देखिन्छन्। अहिले भारतीय कमेडियन कपिल शर्माले पनि डिसेम्बरमा नै गर्लफ्रेन्ड गिन्नी चतरथसँग बिहे गर्ने तयारीमा रहेको हिन्दूस्तान टाइम्समा उल्लेख छ।

अब चाँडै नै कपिलले बिहेको मिति सार्वजनिक गर्नेछन्। उनले डिसेम्बर १२ मा बिहे गर्ने केहीको अड्कल छ। कपिल अहिले ‘द कपिल शर्मा शो’को नयाँ सिजनको तयारीमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell