PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

साझाले ल्यायो विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार



पहिलोपोस्ट

साझाले ल्यायो विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार

काठमाडौँः साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुगेका छन्।

लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ। चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो। अन्य बस ल्याइने क्रममा छन्।

चालकसहित २० सिट क्षमताका बसमा सीसीटीभी जडान गरिएको छ। यात्रुलाई उभिएर यात्राका लागि ह्याङ्गरको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell