PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

घुस लिँदालिँदै प्रहरी पक्राउ



पहिलोपोस्ट

घुस लिँदालिँदै प्रहरी पक्राउ

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।

नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ। आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell