.jpg)
काठमाडौं: फिल्म 'गुप्त'को छायाँकन सकिएको छ। पुर्वी नेपालको मोरङमा फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो। मनसुन फिल्म्;;को ब्यानरमा निर्माण भएको फिल्मको यतिखेर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ।
‘सस्पेन्स हरर थ्रिलर’ जनरामा बनेको फिल्म मार्फत बलिउड कलाकार नाफे खानले डेब्यू गरेका छन्। फिल्ममा उनीसँगै सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अन्शु थापा, निभा अधिकारी र विश्वराज ढकालको मुख्य अभिनय छ।
दिपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको निर्माणमा बनेको फिल्मलाई राज रोयले निर्देशन गरेका हुन्। निर्माण टिमले आगामी मंसिर अन्तिम सातालाई फिल्मको प्रदर्शन टार्गेट तय गरेका छन्। फिल्ममा सजन शाहको संगीत छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेको छ। फिल्ममा रणधीर श्रेष्ठको छायाँकन छ।