PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

डिआइजी सरुवाः अपराध अनुसन्धान विभागमा शाही, महानगरीय कार्यालय रानीपोखरीमा थापा

डिआइजी सरुवाः अपराध अनुसन्धान विभागमा शाही, महानगरीय कार्यालय रानीपोखरीमा थापा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सरुवा तथा पदस्थापना नामावली सार्वजनिक  गरेको छ। १७ जना डिआइजीको सरुवा तथा पदस्थापना भएको हो।

एसएसपीबाट केही समय अगाडि बढुवा भएका डिआइजीहरुको सरुवा तथा पदस्थापना भएको हो। अपराध अनुसन्धान विभाग डिआइजीमा निरजबहादुर शाहीलाई ल्याइएको छ। शाही बढुवा सूचिको आठौं नम्वरमा बढुवामा परेका थिए। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डिआइजी शैलेस थापा क्षेत्रीको सरुवा भएको छ। डिआइजी मनोज न्यौपाने यसअघि महानगरीय कार्यालको प्रमुख थिए। न्यौपानेलाई प्रहरी प्रधान कार्यालय प्रहरी निरिक्षणालयमा सरुवा गरिएको छ। 

डिआइजी हरिबहादुर पाललाई दुई नम्वर प्रदेश प्रहरी प्रमुख बनाएर पठाइएको छ। यसअघि  दुई नम्वर प्रदेश प्रमुखमा डिआइजी दिनेश अमात्य थिए। डिआइजी अमात्यको लागु औषध नियन्त्रण व्यूरोमा सरुवा भएको छ। पाँच नम्वर प्रदेश प्रहरी प्रमुखमा डिआइजी पिताम्वर अधिकारीलाई सरुवा गरिएको छ। 

 त्यस्तै डिआइजी प्रधुम्म कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापना गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell