PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

मापसे गरी सर्वसाधरण कुट्ने वडाध्यक्ष पक्राउ, सार्वजनिक अपराधमा मुद्दा दर्ता



पहिलोपोस्ट

मापसे गरी सर्वसाधरण कुट्ने वडाध्यक्ष पक्राउ, सार्वजनिक अपराधमा मुद्दा दर्ता

ओखलढुङ्गाः स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो। वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए।

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानुनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो। राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell