PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

ने क पाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौंः दुई सचिवालय सदस्यहरू विदेशमा रहेका बेला  नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज (बुधबार बस्दैछ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री चीन भ्रमणमा रहेका छन्।

सोमबारको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पनि बैठक बस्न लागेको ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

सोमबारको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्जहरूको नियुक्तलाई यथावत् राख्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बुझाएको राजीनामालाई अस्वीकृत गरेको थियो। 

सो बैठकमा नेपालको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा यस्ता त्रुटि हुन नदिने आश्वासन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए। 

आज बस्ने बैठकले नेता नेपालको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा छलफल हुने बताइएको छ। 

सोमबारको बैठकमा नेता नेपालले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीका विषयमा लिखित असन्तुष्टि राखेका थिए। सोही विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ। 

त्यस्तै आजको बैठकमा सरकार सञ्चालनको विषयमा समेत छलफल हुनेछ। साथै बैठकमा पार्टीको तल्ला तहको एकीकरणको विषयमासमेत छलफल गरिने बताइएको छ। 

त्यस्तै पार्टी एकतापछिको जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल हुने छ। त्यस्तै बैठकमा स्थायी कमिटीको बैठकको विषयमासमेत छलफल हुने बताइएको छ। लामो समय देखि ने क पाभित्र स्थायी कमिटीको बस्न सकेको छैन। पार्टी भित्र सरकारको काम कारबाहीको समीक्षा र पार्टी एकताको विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक छिट्टो आयोजना गर्न माग उठेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell