PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

'चङ्गा चैट' र 'मालिका'को भिडन्त



पहिलोपोस्ट

'चङ्गा चैट' र 'मालिका'को भिडन्त

काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित फिल्म 'चङ्गा चैट' आयुष्मान देशराज जोशी श्रेष्ठ र परमिता राज्य लक्ष्मी राणाका कारण चर्चामा छ। दुई पुर्वप्रेमी एउटै स्क्रिनमा देखिने भएपछि फिल्मको हाइप बढेको हो।

तर फिल्ममा आयुष्मान फियोन्सी प्रियंका कार्कीको अपोजिटमा देखिँदैछन्। उता परमिता पनि सन्दीप क्षेत्रीको अपोजिटमा देखिने भएकी छिन्। फिल्मको 'गोजीमा दाम छैन' बोलको गीतलाई दर्शकले रुचाएका छन्। यो फिल्म कार्तिक १६ देखि प्रदर्शनमा आउँदैछ।

यहि मितिमा रेखा थापाको निर्देशनमा बनेको फिल्म 'मालिका' पनि प्रदर्शनमा आउने भएको छ। यस फिल्ममा रेखासँगै जाजरकोटकी कमला ओलीको मुख्य भूमिका रहनेछ। नर बहादुर कार्कीकको कथामा बनेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ। फिल्म बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा बनेको बताइएको छ।

 लक्ष्मी पुजाको दिन प्रदर्शन गर्ने भनिएको फिल्म रेखाले अघि सारेकी हुन्। तिहारको विदा पारेर अब दुई फिल्म एकसाथ प्रदर्शनमा आउनेछ।

यसअघि दशैंमा 'छक्का पञ्जा ३' र 'जय भोले' एकसाथ प्रदर्शनमा आउने कुरा थियो। तर निर्माण टिमहरुबिच सम्झौता भएर 'छक्का पञ्जा ३' घटस्थापना र 'जय भोले' फुलपातीको दिन प्रदर्शनमा आयो। तर 'चङ्गा चैट' र 'मालिका' भने एउटै मितिमा आउने भएको छ। अब एकसाथ प्रदर्शनमा आउने फिल्महरुमध्ये कसले दशर्कको साथ बढी पाउला त्यो त रिलिजपछि नै थाह हुनेछ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell