PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा, निर्णय रोक्ने कसरतमा चौधरी



सागर बुढाथोकी

स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा, निर्णय रोक्ने कसरतमा चौधरी
फाइल फोटो

काठमाडौं: स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको हो।

सचिव भएसँगै विवादित बनेकी उनलाई  मन्त्रिपरिषद्को बैठकले  प्रधानमन्त्री कार्यालय  सरुवा गरेको हो।  निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ।

सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएसँगै उनी सरुवा रोक्ने कसरतमा रहेको एक सचिवले बताए। डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन्। उनको कामलाई लिएर केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट रहेको चर्चा चलेको थियो।

चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएसँगै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell