PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

जुवा खालबाट रकम लुटेको अभियोगमा पक्राउ असई भन्छन्,'लुटेको होइन,जुवाडेले कारबाही नगर्नु भन्दै दिएका हुन्'



पहिलोपोस्ट

जुवा खालबाट रकम लुटेको अभियोगमा पक्राउ असई भन्छन्,'लुटेको होइन,जुवाडेले कारबाही नगर्नु भन्दै दिएका हुन्'
प्रतिकात्मक तस्विर

काठमाडौः जुवा खालमा छापा मार्न गएका प्रहरीले नै खालमा रहेको रकम आफ्नै गोजीमा हालेको खुलेको छ। म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापा मगरले खालको रकम लुटेको उजुरी प्रहरीमा परेको छ। जुवा खालमा रहेको १७ लाख रुपैयाँ मध्ये असई थापाले पाँच लाख आफैले राखेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेको हो।

उजुरी परेपछि प्रहरीले असई थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको परिसर प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। उनले भने,'उजुरी परेपछि हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ। थापाले जुवाको रकम लिएको देखिएको छ।'

गत सोमवार राति असई थापा म्हेपीमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्न पुगेका थिए। चेन गेट लगाएर जुवा खेली रहेका जुवाडेहरू प्रहरी आएपछि भागाभाग हुँदा असई थापाले पैसा गोजीमा हालेको भन्दै प्रहरीमा उजुरी परेको हो। 

तर असई थापाले प्रहरीमा दिएको बयानमा भने जुवाडेहरूले नै कारबाही नगर्नु भन्दै दिएको ३ लाख रुपैयाँ आफूले राखेको बताएका छन्।

प्रहरीकै संरक्षणमा राजधानीमा 'मिनी क्यासिनो' सञ्चालन भइरहेको आरोप लाग्दै आएको छ। जसको पछिल्लो ज्वलन्त उदाहरण मुलपानिको घटनालाई पनि लिन सकिन्छ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राईको संरक्षणमा मुलापनीमा जुवा खेलिरहेको जानकारी आएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले स्थानीय प्रहरीलाई थाहा नदिई छापा मारेको थियो। तर परिणाम दुई जना जुवाडेको मृत्यु भयो। एसएसपी लामा सङ्गठनभित्र हुने यस्ता गतिविधि नियन्त्रण गर्न आफूले कारबाही सुरु गरिसकेको दाबी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell