PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

के वरुण धवनसँगै 'कुली नम्बर वान'मा देखिएलान् गोविन्दा ?



पहिलोपोस्ट

के वरुण धवनसँगै 'कुली नम्बर वान'मा देखिएलान् गोविन्दा ?

सलमान खान अभिनित जुडुवाको सिक्वेलमा वरुण धवन देखिएका थिए। पछिल्लो समय 'जुडुवा २'लाई दर्शकले अत्याधिक रुचाए। फिल्ममा वरुणसँगै अभिनेत्री तापसी पन्नु र ज्याकलिन फर्नान्डेजको अभिनय थियो।

वरुणका बुवा डेभिड धवनले बनाएको २१ वर्षअघिको फिल्मको सिक्वेलमा छोरा वरुणलाई मुख्य भुमिका दिएका थिए। 'जुडुवा २'को व्यवसायिक सफलताले निर्देशक डेभिड र वरुणलाई फेरी एक गरेको छ। उनीहरु नयाँ फिल्म गर्दैछन्।

डेभिडले  वरुणलाई लिएर 'कुली नम्बर वान'को रिमेक बनाउने भएका छन्। 'हिरो नम्बर वान', 'बीवी नम्बर वान', 'जोडी नम्बर वान' मध्यबाट डेबिटले 'कुली नम्बर वान'को सिक्वल बनाउने भएका हुन्।

वरुण पनि फिल्म गर्न तयार भएका छन्। जुडुवाको सिक्वेलमा अभिनेता सलमानको केमियो अभिनय थियो। के अब 'कुली नम्बर वान'मा गोविन्दा देखिएला?

निर्देशक डेभिडले यसबारे केही बोलेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell