PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

मधेसलाई टुक्र्याउन प्रदेशले प्रहरी ऐन ल्याएको मसालको आरोप



पहिलोपोस्ट

मधेसलाई टुक्र्याउन प्रदेशले प्रहरी ऐन ल्याएको मसालको आरोप
Photo: Ratopati

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मशाल)ले प्रदेश २ सरकारले ल्याएको प्रहरी ऐनको विधेयक मधेसलाई अलग्याउने उदेश्यले ल्याइएको आरोप लगाएको छ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गर्दै भारतीय इसारामा मधेसलाई अलग्याउने उदेश्यले प्रहरी ऐन आएको आरोप लगाएका छन्। 

‘भारतीय दबाबमा नै त्यो बेलाका सत्ता वा प्रतिपक्षका प्रमुख राजनीतिक संगठनहरूले बिना कुनै गृहकार्य सङ्घीयतालाई स्वीकार गरेका थिए। उनीहरूले नेपालमा जुन विषबृक्ष रोपेका थिए, त्यसका परिणामहरू जे हुनु पर्दथ्यो त्यसको एउटा रूप २ नं. प्रदेशको प्रहरीसम्बन्धी विधेयक पनि हो। तर अहिले २ नं. को प्रहरीसम्बन्धी जुन विधेयक अगाडि आएको छ त्यो सिलसिला त्यहीसम्म सीमित रहने छैन । त्यसका पछाडिको उद्देश्य नेपालमा आफ्नो बेग्लै सशस्त्र शक्ति तयार पारेर तराईलाई नेपालबाट बेग्लै गराउने उद्देश्यले काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

सिंहले भारतीय उद्देश्य नेपाललाई भारतीय संघमा मिसाउने रहेकोसमेत बताएका छन्।

‘भारतीय विस्तारवादको रणनीति खालि तराईलाई मात्र नेपालबाट अलग गराउने होइन, उनीहरूको उद्देश्य पूरै नेपाललाई भारतीय सङ्घमा सामेल गराउने सरदार पटेलको महत्वकांक्षालाई पूरा गर्नु हो,' वक्तव्यमा अगाडी भनिएको छ, 'त्यही उद्देश्य पूरा गर्न मार्ग प्रशस्त गर्न नै उनीहरूले संविधानमा कैयौँ संशोधनहरू गर्नुपर्ने माग गरिरहेका छन्। त्यो भारतीय विस्तारवादको दीर्घकालीन योजनाको एउटा अंग नै अहिलेको २ नं. प्रदेशको प्रहरी विधेयक हो।’ 

संघीयता खारेजीका लागि शीघ्र प्रभावशाली कदम उठाउन पनि सिंहले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell