PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पीपीएल विजेताले २७ लाख रुपैयाँ पाउने



पहिलोपोस्ट

पीपीएल विजेताले २७ लाख रुपैयाँ पाउने

कात्तिक दोस्रो सातादेखि पोखरामा सुरु हुने ‘नमस्ते पोखरा प्रिमियर लिग’ सर्वाधिक पुरस्कार राशीको हुने भएको छ। प्रतियोगिताका विजेताले नगद २७ लाख रुपैयाँ पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ। उपविजेताले दश लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल दिइनेछ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। पीपीएलको हरेक खेलको विजेता टिमले विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ। प्रतियोगितामा ६ टिम सहभागी हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell