PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

फिफा वरीयतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा
FILE PHOTO

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोवर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये तेस्रो स्थानमा रहेको नेपालको अघिल्लो महिना १००४ अंक रहेको थियो भने यो महिना १००१ अंक छ।

यसबीचमा नेपालले बंगलादेशमा भएको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप खेलेको थियो। जहाँ नेपालले समूह चरणको दुवै खेलमा हार बेहोरेको थियो।

दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा छ। भारतको वरीयतामा अघिल्लो महिनाकै यथावत छ। यस्तै माल्दिभ्स पनि १५१औँ स्थानमा यथावत छ भने भुटान १८८औँ स्थानमा यथावत छ।

एक स्थान तल झरेको बंगलादेश १९४औँ स्थानमा छ भने पाकिस्तान १९९औँ स्थानमा यथावत छ।

विश्व वरीयतामा भने फ्रान्सलाई एक अंकले पछि पार्दै बेल्जियम शीर्ष स्थानमा छ। अघिल्लो महिना यी दुई राष्ट्र समान अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा थिए।

ब्राजिल तेस्रो र क्रोएसिया चौथो स्थानमा यथावत छ भने इंगल्याण्ड पाँचौमा उक्लँदा उरुग्वे छैटौँमा झरेको छ। पोर्चुगल, स्पेन, स्वीट्जरल्याण्ड र डेनमार्क क्रमश: सातौँ देखि दशौँसम्म यथावत छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell