PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राज लिम्बुले ‘बोबी' हेरेर पाए नर्वे घुम्ने मौका



पहिलोपोस्ट

राज लिम्बुले ‘बोबी' हेरेर पाए नर्वे घुम्ने मौका

काठमाडौंः ताप्लेजुङका राज लिम्बु ‘बोबी हेरौं नर्वे घुमौं’ प्रतियोगिताको विजेता बनेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राइले गोलाप्रथामार्फत उनको नाम चयन गरे। 

फिल्म प्रदर्शन अघि ‘बोबी’ टिमले प्रतियोगिताको घोषणा गरेका थिए। प्रतियोगितामा सहभागी हुनेले फिल्म हेरेर टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’को आधिकारिक फेसबुक पेजमा पठाएका थिए।

कार्यक्रममा स्टेजबाटै विजेता लिम्बुलाई फोन गरियो। ‘बोबी’ अभिनेत्री कबिता गुरुङले लिम्बूलाई फोन गरेर बधाई पनि दिइन्। विजेता बनेका लिम्बु त्यतिखेर बिर्तामोडमा थिए। उनले आफूसँगै नर्वे घुम्न श्रीमती लैजाने बताए। उनले टिमलाई आफू कहिल्यै विदेश नगएको जनाए ।

फिल्म असार २९ गते प्रदर्शन भइसक्यो। प्रतियोगिताको घोषणा ढिला हुनुको कारणबारे निर्देशक मिलन चाम्सले बताए ‘हाम्रो  फिल्म ८० भन्दा बढी दिन चल्यो। त्यसैले ढिला भयो। दर्शकलाई नै नर्वे पुर्‍याउने हाम्रो इच्छा हो’।

त्यस्तै कबिताले भनिन् ‘विजेतालाई नर्वे अनि हाम्रो घर देखाउन इच्छुक छु।’ उनले नर्वेको भिजा पाउन लामो समय लाग्ने पनि बताइन्। नेपाल प्रदर्शनपछि 'बोबी' विदेशमा पनि प्रदर्शन भयो। वास्तविक कथामा वास्तविक पात्रहरुको अभिनयमा फिल्म ‘बोबी’ बनेको छ। फिल्ममा कबितासँगै उमेश थापाको पनि मुख्य अभिनय छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell