PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

साफ यू-१५ च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई ४-० ले हरायो



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई ४-० ले हरायो
Photo : goalnepal.com

काठमाडौँ : साफ यू-१५ ब्वाइज च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि सुरु भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले पारजित गरेको हो।

समूह ए मा रहेको नेपालले पहिलो खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यस समूहमा बंगलादेश पनि रहेको छ।

नेपालले माल्दिभ्स विरुद्ध दुवै हाफमा दुई-दुई गोल गर्‍यो। जान लिम्बुले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। नमस थापा मगरले पहिलो हाफमान नेपालको अग्रता दोब्बर पारे। दोस्रो हाफमा शंशाक बोहरा र दिपेश राईले गोल गर्दै नेपाललाई सहज जित दिलाए।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेल आगामी सोमवार बंगलादेशसँग खेल्नेछ।

बिहीवारै भएको उद्घाटन खेलमा उपाधि दाबेदार भारत पाकिस्तानसँग स्तब्ध बनेको छ। समूह बी को खेलमा पाकिस्तानले भारतलाई २-१ ले पराजित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell