PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

'मनमगन'मा नाच्दै प्रिया सिग्देलले जितिन् मिस अर्थ ट्यालेन्ट कम्पिटिसनमा सिल्भर मेडल



पहिलोपोस्ट

'मनमगन'मा नाच्दै प्रिया सिग्देलले जितिन् मिस अर्थ ट्यालेन्ट कम्पिटिसनमा सिल्भर मेडल

फिलिपिन्समा भइरहेको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया प्रिया सिग्देलले ट्यालेन्ट कम्पिटिसनमा सिल्भर मेडल जितेकी छिन्। 

बिहीबार भएको फायर ग्रुपको ट्यालेन्ट कम्पिटिसनमा प्रियाले परम्परागत नेपाली पहिरनमा दीपक बज्राचार्यको 'मन मगन' गीतमा मनमोहक नृत्य प्रस्तुत गरेकी थिइन्। 

हेर्नुस् भिडियो-

मिस अर्थमा सहभागी ८८ सहभागीहरुलाई एयर, वाटर र फायर गरी तीन वटा समूहमा विभाजन गरी विभिन्न प्रि प्याजेन्ट एक्टिभिटीमा प्रतिस्पर्धा गराइएको छ। त्यसमध्ये फायर ग्रुपमा रहेकी प्रियाले पहिलो मेडल जितेकी हुन्। 

फायर ग्रुपको ट्यालेन्ट कम्पिटिसन थाई सुन्दरीले ब्रोन्ज मेडल र रसियाली सुन्दरीले गोल्ड मेडल जितेकी थिइन्। 

प्रियाले स्पोन्सर्स अवार्ड अन्तर्गत डिभी बोयर फार्म एम्बेस्ड्रेस पनि जितेकी छिन्। 

मिस अर्थको फाइनल नोभेम्बर ३ तारिखमा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell