.jpg)
युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगितामा दुई इंग्लिस क्लब चेल्सी र आर्सनलले शतप्रतिशत जित हात पारेका छन्।
लण्डन क्लब चेल्सीले बाटे बारिसोभलाई ३-१ ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो।
चेल्सीका लागि रुवेन लेफ्टस चिकले ह्याट्रिक गरे। चेल्सीका लागि कुनै पनि प्रतियोगितामा उनको यो पहिलो ह्याट्रिक हो। जितपछि चेल्सी ९ अंकका साथ समूह एलको शीर्ष स्थानमा छ।
अर्को लण्डन क्लब आर्सनलले पनि लगातार तीन खेल जित्ने क्रममा स्पोर्टिङ सिएफलाई १-० ले हरायो। आर्सनलका लागि ड्यानी वेलब्याकले एक मात्र गोल गरे। जितपछि ९ अंकसहित आर्सनल समूह इ को शीर्ष स्थानमा छ।
यसैगरी स्पानिस क्लब सेभियाले अखिसास्पोरलाई ६-० ले पराजित गरेको छ। अर्को स्पानिस क्लब रियल बेटिसले इटालियन क्लब एसी मिलानलाई २-१ ले पराजित गरेको छ।