PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

आजबाट सुरु हुँदै पीपीएल, पहिलो खेलमा शरद र सन्दीपको टिम भिड्दै



पहिलोपोस्ट

आजबाट सुरु हुँदै पीपीएल, पहिलो खेलमा शरद र सन्दीपको टिम भिड्दै

काठमाडौँ : पर्यटकीय नगरी पोखरामा आजबाट पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट आयोजना हुँदैछ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको टी-२० फर्म्याटको यो प्रतियोगितामा नेपालका विभिन्न ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्।

आज घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच उद्घाटन खेल हुँदैछ। पोखराले शरद भेषावकरको नेतृत्वमा खेल्दैछ भने विराटनगरको नेतृत्वमा युवा स्टार सन्दीप लामिछानेले गर्दैछन्। पहिलो खेल भएकोले दुवै टोलीलाई आफ्नो टिम सेट गर्ने र सुखद सुरुवात गर्ने अवसर समेत छ।

पोखरा र विराटनगरसँगै प्रतियोगितामा काठमाडौँ रोएल्स, चितवन राइनोज, बुटवल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्।

पोखरामा यस्तो खालको क्रिकेट लिग हुन लागेको यो पहिलो पटक हो। यस्तै नेपाली क्रिकेटको इतिहासमा यो सर्वाधिक धनराशी भएको पुरस्कार समेत हो।

विजेताले पीपीएलको ट्रफीसहित नगद २७ लाख पुरस्कार पाउनेछन्। यसअघि डीपीएलको विजेताले २५ लाख पुरस्कार पाएका थिए।
 

पोखरा पल्टन : शरद भेषावकर- (मार्की प्लेयर), रोहित कुमार पौडेल, विनोद भण्डारी, ललितनारायण राजबंशी, रासिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, बिक्रम भुसाल, मेहबुब आलम, आसिफ शेख, दिब्यान्शु मलिक, इशान पाण्डे

विदेशी खेलाडी : मोहम्मद नाभिद (युएइ), रविइन्द्र सिंह (भारत)

लोकल आइकन खेलाडी : दिपेश खत्री, सुमन घिमिरे

 

विराटनगर टाइटन्स : सन्दिप लामिछाने-(मार्की प्लेयर), दिपेश श्रेष्ठ, शहाब आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदिप ऐरी, राजु रिजाल, जितेन्द्र सिंह ठकुरी, सुनिल धमला, रबिन जोशी, हिमांशु दत्ता


खेल तालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell