PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

सामुदायिक विद्यालय सुधारका लागि प्रदेश ५ को अभियान, 'विद्यालयका लागि मेरो एक दिन'



पहिलोपोस्ट

सामुदायिक विद्यालय सुधारका लागि प्रदेश ५ को अभियान, 'विद्यालयका लागि मेरो एक दिन'
फाइल फोटो

बुटवलः  प्रदेश नं ५ सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न “विद्यालयका लागि मेरो एक दिन” शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उक्त अभियान सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए।

यसैगरी बैठकले प्रदेशको प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा जिल्लासभा र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आगामी प्रदेशसभा बैठकमा प्रस्तुत गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि चौधरीले जानकारी दिए।

त्यस्तै, प्रदेश नं ५ पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई पनि आगामी प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी प्रदेश नं ५ प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक–२०७५, प्रादेशिक भवन निर्माण कार्यलाई व्यवस्थित गर्न बन्ने विधेयक– २०७५ को अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए।

बैठकले सवारी तथा यातायात व्यवस्था गर्न बन्ने विधेयक २०७५, लोकमार्ग निर्माण एवं व्यवस्था गर्न बन्ने विधेयक २०७५, प्राकृतिक सम्पदासम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५ र बालबालिकाको अधिकार सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५ का अवधारणा पत्रमा समेत सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए।

त्यस्तै, प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधी २०७५ र प्रदेश मामिला सूचना केन्द्र सञ्चालन निर्देशिका २०७५ लाई समेत बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए।

उनले भने “प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा झन्डै ११६ विभिन्न ऐन, कार्यविधि र नियमावली लैजाने तयारीका साथ सरकारले मस्यौदा तयार गरिरहेको छ।” रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell