PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

माछा मार्ने क्रममा खोलामा लडेर मृत्यु



पहिलोपोस्ट

माछा मार्ने क्रममा खोलामा लडेर मृत्यु
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन

बाजुराः माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ।

बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर गएका उनी रातिसम्म नफर्केपछि खोज्ने क्रममा मृत्यु भएको पाइएको आफन्तले बताएका हुन्।

उनी बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell