PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

दोलखामा आगलागीः दुई जनाको जलेर मृत्यु, एक गम्भीर घाइते



पहिलोपोस्ट

दोलखामा आगलागीः दुई जनाको जलेर मृत्यु, एक गम्भीर घाइते
प्रतीकात्मक तस्विर

काठमाडौँः दोलखाको गौरीशंकर गाउँपालिका ९ गौरीशंकर टासिनाममा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ। स्थानीय गोपाल शेर्पाको घरमा शुक्रबार बिहान भएको आगलागीमा परी उनकी आमा र छोराको मृत्यु भएको हो। 

आगलागी हुँदा शेर्पाकी ८० वर्षीय आमा डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको जलेर मृत्यु भएको हो। उनका अर्का छोरा वर्ष १५ का फुर्साङ शेर्पा जलेर गम्भीर घाइते भएका छन्। घाइतेको उपचारका लागि चरिकोट पठाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell