PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

हत्या अभियोगमा तीन जना पक्राउ



पहिलोपोस्ट

हत्या अभियोगमा तीन जना पक्राउ

नवलपरासीः पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो। सहानीको परिवारजनले इलाका प्रहरी कार्यालयमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell