PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेकपा नामको विवादः कसले पाउला वैधानिकता? आयोग परामर्शमा 



पहिलोपोस्ट

नेकपा नामको विवादः कसले पाउला वैधानिकता? आयोग परामर्शमा 

काठमाडौँः तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको नामको विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले दुबै दलका प्रतिनिधि तथा कानुन व्यवसायीको राय बुधबार सुनिसकेको छ। बिहीबार थप कानुनी परामर्श गरेको आयोगले आज निर्णय सुनाउन लागेको हो।

विवाद मिलाउन आयोगले दिएको समयसीमामा सहमति कायम नभएपछि आयोगले आफ्नै इजलासबाट निर्णय सुनाउन थालेको हो। बिहीबार नै निर्णय सुनाउने तयारी भए पनि आयोगले थप कानुनी परामर्श गरेको थियो। बिहीबार निर्णय नभएपछि सञ्चारकर्मीसँग प्रमुख आयुक्त अयोधीप्रसाद यादवले परामर्श सकिएको जानकारी दिँदै आयोगले शुक्रबार निकास दिने बताएका थिए।   

नेकपाको नाममा दुबै दलका आ–आफ्ना दाबी रहेका छन्। सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो। 
निर्वाचन आयोगमा पहिलेदेखि नै कट्टेलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता थियो। प्छि दुई वाम दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell