PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

आठ घन्टाका लागि प्रचण्ड दिल्ली प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम



पहिलोपोस्ट

आठ घन्टाका लागि प्रचण्ड दिल्ली प्रस्थान, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। शुक्रबार बिहान ९ः४५ बजे प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्। उनी आजै साँझ ८ बजे फर्कने कार्यक्रम छ।      

नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौँ इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा भाग लिन प्रचण्ड भारत गएका हुन्। मुख्य वक्ताका रूपमा उनी कार्यक्रममा सहभागी हुँदैछन्।

उनलाई सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवले विशेषरुपमा निम्तो पठाएका हुन्। पार्टी एकतापछि ने क पाका अध्यक्षका हैसियतले प्रचण्डको यो दोस्रो भारत भ्रमण हो। प्रचण्डले यसअघि भदौको दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमण गरेका थिए।


यस्तो छ कार्यक्रम

कक्लेभका दौरान ‘नागरिकका मुद्दा र सञ्चार माध्यम’ विषयक कार्यशाला हुने छ। अर्गनाइजर विक्लीका सम्पादक प्रफुल्ल केतकर, भाजपाका नेशनल आइटी सेलका इञ्चार्ज अमित मालभिया, भाजपा कर्नाटाककी उपप्रवक्ता माल्भिका अभिनास, सिएनएन–न्यूज १८ की राजनीतिक सम्पादक मारिया शाकिल, भारतीय कांग्रेसका राजनीतिक विश्लेक सेहजाद पुनावाला र आजतक की कार्यकारी सम्पादक श्वेता सिंहले प्रस्तुति दिने छन्।

त्यस्तै कन्क्लेभमा राष्ट्रिय एकताको एजेण्डामा समेत छलफल हुनेछ। त्यस्तै अटल विहारी वाजपेयीको स्मृतिमा केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीले प्रवचन दिनेछन्। त्यस्तै समावेशी आर्थिक समृद्धि, सुशासन, न्यायपालिका र नागरिकका एजेण्डा, शान्तिका एजेण्डामाथि छलफल चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell