PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कम्युनिष्ट शासन स्थापित हुनै सक्दैन : बालकृष्ण खाँण



चन्द्रकान्त खनाल

कम्युनिष्ट शासन स्थापित हुनै सक्दैन : बालकृष्ण खाँण

रुपन्देही: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव‌ं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसारबाट हराउन लागेको कम्युनिष्ट शासन सत्ता नेपालमा स्थापित हुनै नसक्ने दाबी गरेका छन्।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसका अवसरमा दलको रुपन्देही क्षेत्र नम्वर २ ले आज बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै खाँणले उक्त दाबी गरेका हुन्।

उनले संसार भरिका युवा स्वतन्त्रता र लोकतन्त्रका पक्षमा रहेकाले अब कुनै पनि देशमा कम्युनिष्ट सत्ता रहन नसक्ने तर्क गरे।

'धेरै देशबाट हराईसकेको कम्युनिष्ट व्यवस्था संसारका कुनै पनि देशमा १० वर्षसम्ममा रहदैन भने नेपालमा कसरी रहन सक्छ?' नेता खाँणले प्रश्न गरे। नेपालमा पनि कम्युनिष्टहरुले निर्वाचनमा जे कुरा गरेपनि निर्वाचन पश्चात सरकारले सर्बसत्तावाद, अधिनायकवाद र निरंकुशताको चरित्र देखाउन खोजेकाले जनताले कुरा बुझिसकेको जिकिर गरे।
 
निर्वाचनपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियता घट्दै गएको उल्लेख गर्दै खाँणले जनताले चाहेअनुसार काम गर्न नसकेर असफल भई सकेकाले अवको निर्वाचनमा काग्रेस पहिलो पार्टीमा नै पुन स्थापित हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell