PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पीपीएल : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य, आसिफको अर्धशतक



पहिलोपोस्ट

पीपीएल : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य, आसिफको अर्धशतक

पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० आजबाट पोखरामा सुरु भएको छ। ६ टिमले सहभागीता जनाएको प्रतियोगिताको उद्द्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाए। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा नटआउट ४१ रन बनाए।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५३ रनको साजेदारी गरेका थिए। दोस्रो विकेटका लागि आसिफले रविन्दर सिंहसँग ९७ रनको साजेदारी गरेका थिए। आसिफल पोखराका लागि सर्वाधिक ५२ रन बनाए। रविन्दर सिंहले ४४ तथा कुशलले ३८ रन जोडे।

१७औँ ओभरमा मात्र क्रिजमा पुगेका विनोद भण्डारीले ११ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४१ रन जोडेपछि पोखराले उच्च स्कोर बनाएको हो।

विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा शहाब बलमले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell