PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने



पहिलोपोस्ट

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने
फाइल फोटो

काठमाडौँ : ओलम्पिकको एसियन छनोट अघि चीनमा मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज चीन प्रस्थान गरेको छ।

नेपालले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्नेछ। चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन्।

नेपालले चीनमा रहँदा अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ फोनिक्स महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। यस्तै ३० तारिखमा बेईजिङ स्पोर्टस् युनिभर्सिटीसंग खेल्नेछ।

त्यसतैबाट नेपाली टोली नोभेम्बर २ मा म्यानमार प्रस्थान गर्नेछ।

ओलम्पिकको एसियन छनोट अन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमार र बंगलादेश छन्। नेपालले ८ नोभेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell