PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

हेमनले सुरु गरे 'शिक्षाका लागि विश्व सांगीतिक अभियान'



पहिलोपोस्ट

हेमनले सुरु गरे 'शिक्षाका लागि विश्व सांगीतिक अभियान'

काठमाडौंः  गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ नारा लिएर बेलायतमा कार्यक्रम गर्ने भएका छन्। मानव जीवन संरक्षण मञ्च, नेपालले बेलायतबाट अभियान सुरुवात गर्न लागेको हो।

७ प्रदेशका ५७ स्थानीय तहका विद्यार्थीको सहयोगार्थमा अभियान अघि बढाइएको बताइएको छ।  अक्टोबर २८ मा लन्डनको ग्रीनफोर्ड टाउन हलमा वृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्द्धन कार्यक्रम आयोजना गरि उद्घाटन गरिने हेमनले जनाए।

उनले भने ‘हामी नेपाल भ्रमण वर्षको अभियान सहित हाम्रो अभियानमा अगाडि बढेका छौं, सम्माननीय पुर्वप्रधानमन्त्रीसँगै हाम्रो टिम लण्डन प्रस्थान गर्दैछौ’ हेमनले बताए। यस अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेलले पनि साथ दिएका छन्।

बेलायतपछि अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा गरिनेछ। पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell