PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायर : भारतमाथि नेपालको जित, रेखाको दुई गोल



पहिलोपोस्ट

एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायर : भारतमाथि नेपालको जित, रेखाको दुई गोल
PHOTO : NSJF

काठमाडौं : रेखा पौडेलले दुई गोल गरेपछि एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपालले भारतलाई पराजित गरेको छ।

थाइल्याण्डको चोनबुरी रंगशालामा शुक्रवार भएको खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको हो। प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यस्तै पहिलो खेलमा पाकिस्तानलाई पारजित गरेको भारतको भने पहिलो हार हो।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो।

चोनबुरी रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दवस्रो हाफमा दुई गोल गरेको हो। नेपालको जितमा रेखाले खेलको ४९औँ र ८८औँ मिनेटमा गोल गरिन्।

जितपछि नेपालले समूह चरण पार गर्ने सम्भावना बलियो बनाएको छ। दुई खेलबाट नेपालको ३ अंक छ। नेपाललाई हराएको थाइल्याण्डको एकबाट ३ अंक छ र गोलअन्तरमा शीर्ष स्थानमा छ। भारतको दुई खेलबाट ३ अंक छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell