PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

आइसीसी वर्ल्डकप ट्रफी नेपाल आइपुग्यो, पहिलो दिन स्वयम्भूमा प्रदर्शन

आइसीसी वर्ल्डकप ट्रफी नेपाल आइपुग्यो, पहिलो दिन स्वयम्भूमा प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपालले आइसीसी वान डे वर्ल्डकप अहिलेसम्म खेल्न पाएको छैन। तर उक्त वर्ल्ड कपमा प्रदान गरिने ट्रफी भने नेपाल आइपुगेको छ।

इंगल्याण्ड र वेल्समा सन् २०१९ मा वान डे वर्ल्डकप हुनुअघि आइसीसीले ट्रफी टुर सुरु गरेको हो र त्यसै अन्तर्गत उक्त ट्रफी शुक्रवार नेपाल ल्याइएको हो। शुक्रवार बेलुका आइसीसीका प्रतिनिधिले ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूनाथ स्तुपा अगाडी सार्वजनिक गरिएको हो।

आइसीसी निशानसँगको सहकार्यमा ट्रफी टुर गरेको हो। यसअघि फुटबल वर्ल्डकपको ट्रफी नेपाल आइसकेपनि क्रिकेटको ट्रफी आएको भने यो पहिलो पटक हो।

अब ट्रफीलाई पोखरा लगिनेछ। यस्तै काठमाडौँको चन्द्रागिरीमा पनि ट्रफी लगिनेछ। 

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश हुँदै नेपाल आइपुगेको हो।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell