PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आसेपासे र चम्चेहरुका कारण कांग्रेस कमजोर बन्यो : चन्द्र भण्डारी 



चन्द्रकान्त खनाल

आसेपासे र चम्चेहरुका कारण कांग्रेस कमजोर बन्यो : चन्द्र भण्डारी 

रुपन्देही: नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिस्ट सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन्। आज रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारले कर बढाउने र जनतालाइ दुख दिनेमात्र काम गरेकोसमेत भण्डारीको आरोप थियो।
 
उनले भने–‘अब परिवार केन्द्रीत राजनीतिक आवश्यक छैन, जसले नेपाल बन्न सक्दैन, त्यसकारण अबको नेतृत्व युवा पिढीको हो।’

निर्मला हत्या काण्ड, वाईडबडी बिमान र सुन कान्ड लगायतका विषयमा सरकार निकै ढिलाइ भएको र एसपी र इन्सपेक्टरलाइ धेरै पहिला नै कारवाही नगरेकोमा उनले आक्रोश ब्यक्त गरे।

महंगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको आरोप लगाउँदै भण्डारीले जनताले कर तिरेको महसुस गर्ने गरी कार्य अगाडि बढाउन सरकारले नसकेको दाबी गरे।

नेपालका हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आबश्यकता रहेको उनको भनाई थियो। कार्ल माक्सको भनाई स्मरण गर्दे भण्डारीले समाजमा धेरै राजनीतिकरण भएमा नया मान्छे ल्याउनुपर्छ भने झै अब नेपालको राजनीतिमा नयाँ ओपेन ब्रेन ल्याउनुपर्ने सुझाव व्यक्त गरे।

देश लुट्नेको पक्षमा अवको राजनीति आवश्यक नभएको भन्दै उनले अहिलेको अवस्था आउनको लागि हजारौ संख्यामा जनताले बलिदानी दिएको र दलहरुले त्यसको अवमुल्यन गरेको उनको ठहर छ।
 
नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले नेपाली कांग्रेसभित्र  गुट उपगुटको कारण समस्या आएको  उनको भनाई छ । 
उनले भने,‘नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अवस्थामा पुगेको हो, आसेपासे र चम्चाहरुका कारण पार्टी कमजोर बनेको हो।’

सदनमा प्रतिपक्षको दलको नेता सशक्त नभएको कारण नै समस्या भईरहेको उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell