PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पीपीएल : सोमपालले ४ विकेट लिएपछि पारसको टिम ६५ रनमा अलआउट, बुटवलको शानदार जित



पहिलोपोस्ट

पीपीएल : सोमपालले ४ विकेट लिएपछि पारसको टिम ६५ रनमा अलआउट, बुटवलको शानदार जित

काठमाडौँ : सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि पोखरा प्रिमियर लिग पीपीएलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई पराजित गरेको छ।

शनिवार भएको पहिलो खेलमा सोमपालको बुटवलले राष्ट्रिय टिमका कप्तान रहेका पारस खड्काको टिम चितवन राइनोजमाथि ७० रनको जित हात पारेको हो।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले खराब सुरुवात गरेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो।

१० रन हुँदा ३ विकेट गुमाएपनि सागर पुन र शंकर रानाले चौथो विकेटका लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए। रानाले ४८ र सागरले ४६ रन बनाए। सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे। सोमपाल कामी ६, भिम शार्की २, चिराग शुरी १ रनमा बउट भए भने रोहन मुस्ताफाले खाता खोल्न सकेनन्।

चितवनका लागि करण केसीले २ तथा रामनरेश गिरी र शक्ती गौचनले १-१ विकेट लिए।

जवाफमा १३६ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले ब्याटिङमा खराब सुरुवात गर्‍यो। पेपरमा बलियो देखिएको चितवनको ब्याटिङ सोचेअनुसार चल्न सकेन। चितवन १६.५ ओभरमा ६५ रनमै अलआउट भयो।

पहिलो ओभरमा सोमपाल कामीले अनिल शाह र दोस्रो ओभरमा ललित भण्डारीले सोनु तामाङलाई शुन्यमा कउट गरेपछि चितवनले लगातार विकेट गुमायो। चितवनका लागि दशौँ नम्वरमा ब्याटिङ गरेका भुवन कार्कीले सर्वाधिक रन बनाए। यस्तै कप्तान पारस खड्काले १० रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

चितवनलाई अलआउट गर्न बुटवलका कप्तान सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै ललितसिंह भण्डारीले २ विकेट लिए। रोहन मुस्ताफा, विपिन खत्री र अभिनास बोहराले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell