काठमाडौं : भृकुटीमण्डपमा जारी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापान कार्यक्रमलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बहिस्कार गरेका छन्।
ने क पाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त निमन्त्रणासँग उनले एकै खाममा यी दुवै नेताका बेग्ला बेग्लै शुभकामना कार्ड पनि पाएका थिए। त्यसै खाममा पार्टीका महासचिव विष्णु पौडेलको शुभकामना पनि रहेको भट्टराईले खुलाएका छन्।
ब्यङ्ग्यात्मक रुपमा भट्टराईले निम्तो पठाएकोमा शुभकामना दिएका छन्। 'सत्तासीन कामरेडहरु' भन्दै सम्बोधन गरेर ट्विटरबाट बाबुराम भट्टराईले 'एउटै खाममा ४ वटा शुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद' भनेका छन्।
शुभकामना पठाउने सबैको भलो होस् भन्दै उनले लेखेका छन्, 'गरीब देशको सर्वहारा वर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि?'
त्यससँगै जोडेर पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले भनेका छन्, 'त्यसैले म आउन सकिनँ! जय होस्।'सत्तासीन कमरेडहरू,
— Baburam Bhattarai (@brb1954) October 27, 2018
एउटै खाममा४वटाशुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस! pic.twitter.com/UEU8l3UQkc