PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

कम्युनिस्ट एकतासँगै विघटनको प्रक्रिया पनि शुरु भइसकेको छ: बालकृष्ण खाण



चन्द्रकान्त खनाल

कम्युनिस्ट एकतासँगै विघटनको प्रक्रिया पनि शुरु भइसकेको छ: बालकृष्ण खाण

रुपन्देही: नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले  सरकारले कर आतंक सृजना गर्ने कार्यवाहक ठोस कार्य गर्न नसकेको आरोप लगाएका छन्। आज बुटवलमा आयोजित  साक्षात्कार कार्यक्रममा पूर्व मन्त्रीसमेत रहेका खाणले उद्योगी व्यवासयीलाईसमेत सककारले आतंकित पारेको उल्लेख गर्दै भने, 'घरको कर तिर्न घर नै बेच्नुपर्ने अवस्थासमेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानु आवश्यक छ।'

उनले सरकारले आफ्नो गतिविधिलाई परिष्कृत गर्न नसके सरकार नै कमजोर हुने दाबी गरे। उनले कम्युनिस्टको आचरण र शैली संविधान विपरीत चलिरहेको भन्दै सरकारलाई कार्यशैली सच्चाउन आग्रहसमेत गरेका छन्। 

नेपालमा कम्युनिस्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै  नेता खाणले द्वन्द्वत्मक भौतिकवादको सिद्धान्तअनुसार आयु गणना सुरु भएको बताए। भने, 'एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विघटन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रणपछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यही घरको आयु घट्न सुरु भई सक्यो।’

उनले सदाकै लागि नेपालमा शासन चलाउने  सपना नेकपाले नदेख्नसमेत आग्रह गरे। उनले भने,‘नेकपाभित्र विघटनको प्रक्रिया सुरु भइसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्युनिस्ट साथीहरूले एक पटक माक्र्ससिजम पढ्नुहोला।’पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको कारण नै नेपालमा सङ्घीयता धरापमा परेको उनको गुनासो छ। तर सङ्घीयतालाई दिगोपना दिन नेपाली काँग्रेस लागी परेको उल्लेख गरे।

सङ्घीयता धरापमा परेको भन्दै उनले यसलाई दिगो रूपमा लैजानुको विकल्प नरहेको समेत बताए। सङ्घीयताका केही कमीकमजोरी रहे पनि धेरै राम्रा पक्षहरू रहेको भन्दै उनले राम्रा पक्षलाई अगाडि बढाएर सङ्घीयतालाई दिगोपना दिनुपर्ने बताए। खाणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विश्वस्त हुन आग्रह गर्दै यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजान नसक्ने ठोकुवा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell