PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, मानेको दुई गोल



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, मानेको दुई गोल

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा कार्डिफ सिटीलाई ४-१ ले पारजित गर्दै लिभरपुलले म्यानचेष्टर सिटीसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि साडियो मानेले दुई तथा मोहमद सलाह र जेर्दान शाकिरीले एक-एक गोल गरे।

यस सिजन अपराजित रहेको लिभरपुलले जितपछि १० खेलबाट २६ अंक जोडेको छ। यसक्रममा लिभरपुलले ८ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ।

लिभरपुलले प्रिमियर लिगको सुरुवाती १० खेलमा हात पारेको यो संयुक्त रुपमा उत्कृष्ट सुरुवात हो। यसअघि सन् २००८-९ को सिजनमा पनि लिभरपुले सुरुको १० खेलबाट २६ अंक जोडेको थियो।

लिगअन्तर्गत शनिवारै भएको अन्य खेलमा एएफसी बर्नमाउथले फुलहमलाई तथा वाटफोर्डले हडर्शफिल्डलाई समान ३-० गोल अन्तरले पराजित गरेको छ। जितपछि बर्नमाउथ छैटौँ (२०) र वाटफोर्ड सातौँ (१९) स्थानमा उक्लेको छ।

यस्तै ब्राइटनले वल्भरह्याम्पटनलाई १-० ले पराजित गर्दा न्यूकासल र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell