PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सको पुनरागमन जित



पहिलोपोस्ट

रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सको पुनरागमन जित

क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित हात पारेको छ।

शनिवार भएको खेलमा युभेन्ट्सले एक गोलले पछि परेको अवस्था उल्टाउँदै एम्पोलीलाई २-१ ले हरायो।

पहिलो हाफमा १-० ले पछि परेको युभेन्ट्सका लागि रोनाल्डोले दुवै गोल दोस्रो हाफमा गरे। उनले ५४औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए भने ७०औँ मिनेटमा गरेको गोल जितका लागि निर्णायक बन्यो।

त्यसअघि फ्रान्सेस्को कापुटाले २७औँ मिनेटमा गोल गर्दै घरेलु टोली एम्पोलीलाई अग्रता दिलाएपनि कायम राख्न सकेन।

जितपछि १० खेलबाट २८ अंक जोडेको साविक विजेता युभेन्ट्स शीर्ष स्थानमा आसिन छ। यस सिजन अपराजित रहने क्रममा ओल्ड लेडी ले ९ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell